मलेसियामा सुतेकै अवस्थामा एक नेपालीको मृत्यु
<p>काठमाडौं। रोजगारीका लागि मलेसिया गएका झापाका एक युवाको सुतेकै अवस्थामा मृत्यु भएको छ।</p>
<p>मलेसियाको सुवाङ जयास्थित एजा फेर्स सेक्युरिटी कम्पनीमा कार्यरत झापाका प्रदीपकुमार दासको ९ पुसमा सुतेकै ठाउँमा मृत्यु भएको हो। दास सुरक्षा गार्ड थिए।</p>
<p>मलेसिया प्रहरीको अनुसन्धान र स्वास्थ्य परीक्षणपछि दासको शव मलेसियाबाट आज नेपाल ल्याइँदैछ।</p>
<p> </p>
प्रतिक्रिया दिनुहोस्