ताप्लेजुङको एउटा वस्ती दुई सातादेखि सम्पर्कविहीन काठमाडौं। ताप्लेजुङको घुन्सावस्ती दुई सातादेखि सम्पर्कविहीन बनेको छ। उक्त गाउँमा जडान गरिएको टेलिफोन टावरमा प्राविधिक समस्या आएपछि गाउँ नै सम्पर्कविहीन बनेको हो। टावरमा समस्या आएपछि टेलिफोन तथा मोबाइल सम्पर्क हुन सकेको छैन। घुन्सावस्ती समुद्र सतहदेखि तीन हजार ५०० मिटर उचाइमा अवस्थित छ। उक्त वस्तीमा स्याटलाइट प्रविधिबाट टेलिफोन सेवा प्रदान गरिँदै आएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्