सेनाका चारसय पूर्वचिकित्सकलाई काममा फर्काउँदै भारत बीबीसी। भारतमा सेनाका पूर्वचिकित्सकलाई कोरोनाविरुद्धको लडाइँमा प्रयोग गरिने भएको छ। रक्षा मन्त्रालयले आइतबार भारतमा कोरोना अनियन्त्रित हुँदै गएकाले चारसय पूर्वचिकित्सकसँग मद्दत लिने बताएको हो। यी चिकित्सकलाई बढीमा ११ महिनाको नियुक्ति दिइने छ। महामारी नियन्त्रणका लागि रक्षासेवाका अन्य चिकित्सकसँग पनि अनलाइनमार्फत् सेवा लिन सकिने रक्षा मन्त्रालयले बताएको छ। भारतमा कोरोनाबाट दैनिक चारलाखभन्दा बढी संक्रमित र चारहजारको हाराहारीमा मृत्यु हुन थालेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्