‘फाइभ आइज’ विखण्डनतिर! बीबीसी। अंग्रेजी बोल्ने लोकतान्त्रिक देशहरुको संगठन फाइभ आइजमा चीनको सन्दर्भलाई लिएर विखण्डनको संकेत देखिएको छ। चीनको सिनजियाङ प्रान्तमा मुसलमानमाथिको व्यवहार, दक्षिण चीन सागर तथा हङकङ–ताइवानको सवालमा चार सदस्य आलोचना गरिरहेका छन्। गठबन्धनमा सामेल न्युजिल्यान्डले भने त्यसो गर्न अस्वीकार गरिदिएको छ। फाइभ आइज शीतयुद्धको समयमा १९४१ मा गठन भएको थियो। अमेरिका, बेलायत, क्यानडा, अस्ट्रेलिया र न्युजिल्यान्ड यसका सदस्य हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्