जिमखाना फाइटनाइट भोलि हुँदै
काठमाडौं। जिमखाना फाइटनाइटको दोस्रो संस्करण भोलि, १२ पुसमा हुने भएको छ।

ठमेलस्थित लर्डअफ ड्रिंक्स् (एलओडी) नाइट क्लबमा हुने फाइटमा बक्सिङतर्फ चार तथा मुवाँथाईतर्फ चार फाइट हुनेछन्। जिमखाना मुवाथाईको आयोजना तथा नेपाल बक्सिङ संघ र नेपाल राष्ट्रिय मुवाँथाई संघको तत्वाधानमा हुने प्रतियोगिताको प्रत्येक फाइटका विजेता ५० हजार रूपैयाँ नगद पुरस्कार पाउनेछन्। उप–विजेताले २५ हजार रूपैयाँ नगद पुरस्कार पाउनेछन्।

प्रतियोगिताको आठ फाइटमा १६ जनाले प्रतिस्पर्धा गर्नेछन्। फाइटमा सहभागी हुने खेलाडी मुवाँथाई र बक्सिङ संघसँगको सहकार्यमा छनोट गरिएको जिमखानाका कार्यकारी अध्यक्ष राहुल मोक्तानले बताए। उनले खेलाडीहरूलाई व्यावसायिक बनाउन यस्तो प्रतियोगिता आयोजना गरिएको बताए।

प्रतियोगिताका प्रत्येक फाइट पाँच राउण्डको हुनेछ। प्रत्येक राउण्ड तीन मिनेटको हुनेछ। र, प्रत्येक राउण्डको समाप्तीपछि एक मिनेटको विश्राम हुनेछ।

मुवाँथाईतर्फ ६० किलो तौल समूहमा राजु राई र गुणराज रूचालले प्रतिस्पर्धा गर्नेछन्। राजु राई गत वर्षको विजेता खेलाडी हुन्।

६५ किलो तौल समूहमा ससिन्द्र रंजित र विजय लामाले प्रतिस्पर्धा गर्नेछन्। ६५ किलो तौल समूहकै अर्को फाइटमा रोहित शाही(क)ले रोहित शाहीसँग प्रतिस्पर्धा गर्नेछन्। ७० किलो तौल समूहमा मन्दीप रानामगरले रसिव जारीसँग प्रतिस्पर्धा गर्नेछन्।

बक्सिङतर्फको ६० किलो तौल समूहमा आशिष तामाङले विमल रोकासँग प्रतिस्पर्धा गर्नेछन्। ६५ किलो तौल समूहमा सविन गुरुङले सुरेश नेपालीसँग प्रतिस्पर्धा गर्नेछन्। ७० किलो तौल समूहमा दिवसलाल भुमीले रवि सुनारसँग प्रतिस्पर्धा गर्नेछन् भने ७५ किलो तौल समूहमा दीपेश लामाले दानबहादुर दलामीसँग प्रतिस्पर्धा गर्नेछन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्