उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकालको उम्मेद्वारी

काठमाडौं। आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यमा उम्मेद्‌वारी घोषणा गरेका छन्।

उनले बाग्लुङ उद्योग वाणिज्य संघको प्रस्तावमा वरिष्ठ उपाध्यक्षमा उम्मेद्‌वारी दिने घोषणा गरेका हुन्। महासंघको निर्वाचन आउँदो चैतमा हुँदैछ। ग्लोबल आईएमई बैंकका अध्यक्षसमेत रहेका उनी अहिले महासंघको वस्तुगततर्फका उपाध्यक्ष छन्।

महासंघको विधानमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान छ। चैतमा हुने महाधिवेशनबाट हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छले अध्यक्षको जिम्मेवारी पाउने छन्।

ढकालले धेरै जिल्लाका उद्योग वाणिज्य संघका अध्यक्ष र पदाधिकारीहरूको सुझाव र ‘केन्द्रका साथीहरूको’ सुझावका आधारमा आफूले उम्मेद्‌वारी दिएको बताए। तर, औपचारिक रूपमा बााग्लुङ जिल्ला उद्योग वाणिज्य संघले प्रस्ताव राखेपछि आफूले स्वीकार गरेको उनले बताए।

“साना, ठूला सबै उद्योगी व्यवसायीहरूलाई प्रोत्साहन गर्न सरकारका तर्फबाट नीतिगत सुधार गरी आर्थिक समृद्धिको लागि गर्नुपर्ने धेरै कामहरू छन्। त्यसलाई व्यवहारमा उतार्नको लागि मैले काम गर्नेछु र महासंघको सबै टीमले त्यसमा संयुक्त रूपमा काम गर्नेछ भन्ने विश्वास समेत लिएको छु”, उम्मेद्‌वारी घोषणापछि उनले भने।

प्रतिक्रिया दिनुहोस्