प्रधानन्यायाधीश राणाले भने- 'विकासका लागि कानून बाधक बन्दैन'
काठमाडाैं। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले विकासका लागि कानून बाधक नबन्ने बताएका छन्।

सर्वोच्च बार एकाइद्वारा आजदेखि शुरू भएको ‘कानून र विकास’ राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उनले भने, "विकास समग्र समाज र राष्ट्रको आवश्यकता हो। विकास र आर्थिक समृद्धिको विषयमा न्यायपालिका पनि संवेदनशील बन्नुपर्दछ।"

"कानून विकासको आधार भएकाले कानूनले विकासका लागि उपयुक्त वातावरण तयार पार्नेछ", उनले भने,  "कानून र विकासमा अन्तरद्वन्द्व भएका कानून प्रतिकूल रहेका अवस्थामा बाहेक अदालत विकास पक्षमा उभिनेछ।"

प्रधानन्यायाधीश राणाले कानून र कार्यविधि स्पष्ट भयो भने त्यसले विकासका लागि बधक नबन्ने भन्दै कानूनले विकासका लागि सहकार्य गर्नुपर्ने बताए।

राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले विकासमैत्री कानून बनाउनुपर्नेमा जोड दिँदै अहिलेको संविधान विकासप्रेमी रहेकाले सरकारले विकासका लागि बाधक बन्ने कानूनलाई संशोधन गर्नुपर्ने बताए।

राष्ट्रियसभा प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति सभापति रामनारायण विडारीले विकासका लागि अदालत बाधक बन्न नहुने धारणा राखे।

महान्यायधिवक्ता अग्नि खरेलले कानून विकासको समृद्धिको आधार रहेकाले विकास गर्नका लागि कानूनलाई व्यवस्थित बनाउनुपर्ने बताए।

नेपाली कांग्रेसका नेता रामशरण महतले विकासका लागि कानून सहयोगी बन्नुपर्ने उल्लेख गर्दै विकासका लागि कानून बाधक बने त्यसलाई संशोधन गर्दै लैजानुपर्ने उल्लेख गरे।

प्रदेश ३ का सभामुख सानुकुमार श्रेष्ठले विकासमा कानूनभन्दा व्यवहारिक कुरालाई प्राथमिकता दिनुपर्ने धारणा राखेका छन्।

नेपाल बार एशोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले विकासका सन्दर्भमा अन्तरिम आदेश दिँदा ख्याल गर्नुपर्ने बताए। "जनप्रतिनिधिले विकासको काम अदालतले रोकिन्छ भन्ने गरेको मैले पाएको छु", उनले भने, " राजनीतिक दल, न्यायFलय, विकास र कानूनसँगसँगै जानुपर्दछ। अनि मात्र मुलुकको विकास हुन्छ।"

दुई दिनसम्म चल्ने सम्मेलनमा सांसद, कानून व्यवसायीको सहभागिता छ। रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्