अमेरिकाको कोलोराडोमा बर्थडे पार्टीमा गोली चल्यो, ६ जनाको मृत्यु एजेन्सी। अमेरिकाको कोलोराडोमा जन्म दिनको समारोहमा एक बन्दुकधारीले गोली चलाउँदा ६ जनाको ज्यान गएको छ। आइतबारको उक्त घटनामा बन्दुकधारीले पछि आफूलाई पनि गोली हानेको थियो। प्रहरीकाअनुसार कोलोराडो स्प्रिग्समा एक घरमा आइतबार मध्यरातपछि गोली चलेको हो। प्रहरीले घट्नास्थलमा ६ जना मृत र एकजनालाई गम्भीर घाइते अवस्थामा फेला पारेको थियो। पार्टीमा बालबालिका पनि थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्