भारतलाई कोरोनाबाट जोगाउने एकमात्र उपाय भ्याक्सिन : डा. फाउची
एजेन्सी। अमेरिकाका वरिष्ठ स्वास्थ्य विशेषज्ञ डा. एन्थोनी फाउचीले भारतलाई कोरोना महामारीबाट जोगाउन अब भ्याक्सिनमात्रै विकल्प भएको बताएका छन्। भारतमात्रै नभई संसारलाई यो ज्यानमारा भाइरसबाट पार लगाउन भ्याक्सिन उत्पादनलाई बढाउनुपर्ने उनको भनाइ छ। एबीसी न्युजसँग कुरा गर्दै उनले भने, ‘यो महामारीलाई निर्मूल गर्न मानिसहरुलाई भ्याक्सिन लगाउनुपर्छ। भारत संसारकै ठूलो भ्याक्सिन निर्माता हो, तर पनि उसलाई सबैले भ्याक्सिन सहयोग गर्नु आवश्यक छ।’
प्रतिक्रिया दिनुहोस्