पुनर्निर्माण गरिएका २३ विद्यालयलाई प्रमाणपत्र
<p>पाेखरा। कास्की जिल्लामा भूकम्पका कारण क्षतिग्रस्त भई पुनर्निर्माण गरिएका २३ विद्यालय र एउटा शौचालयलाई निर्माण सम्पन्न भएको प्रमाणपत्र प्रदान गरिएको छ।</p>
<p>राष्ट्रिय पुनर्निर्माण प्राधिकरण स्थापना दिवसको सन्दर्भमा जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा) द्वारा आज आयोजित कार्यक्रममा जिल्ला समन्वय समिति कास्कीका प्रमुख एवं जिल्ला पुनर्निर्माण सहजीकरण समितिका संयोजक बैनबहादुर अधिकारी(क्षेत्री), जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा) का प्रमुख लालप्रसाद पोखरेल र प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले संयुक्तरूपमा निर्माण सम्पन्नताको प्रमाणपत्र प्रदान गरे।</p>
<p>जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा) कास्कीका प्रमुख पोखरेलले जिल्लामा भूकम्पका कारण प्रभावित १७० विद्यालयमा पुनर्निर्माणकाे काम भइरहेको बताए। कार्यालयका तर्फबाट पुनर्निर्माण भइरहेका विद्यालयको निर्माण कार्य समय-समयमा अनुगमनसमेत गरिएको बताउँदै उनले निर्माणका सम्पूर्ण कार्य पूरा गरेका विद्यालयलाई सम्पन्नताको प्रमाणपत्र प्रदान गरिएको जानकारी दिए।</p>
प्रतिक्रिया दिनुहोस्