स्रोत नखुलेको साढे १७ लाख भारतीय रुपैयाँसहित चौधरी पक्राउ
बर्दिया। राजापुर नगरपालिका–४ सत्तीघाटबाट स्रोत नखुलेको १७ लाख ५० हजार भारतीय रुपैयाँसहित एक जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा कैलाली टिकापुर नगरपालिका–१ बस्ने २९ वर्षीय गोपाल चौधरी रहेका छन्। कैलालीबाट राजापुरतर्फ जाँदै गरेको सुदूरपश्चिम प्र.०१००८ प ८१४५ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा चालक चौधरीलाई उक्त भारतीय रुपैयाँसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्