काठमाडौं। सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता झलनाथ खनालले एकीकरणको सम्पूर्ण काम नसकिदै पार्टीका संरचना विघटन गरेर नेतृत्वले अपराध गरेको आरोप लगाएका छन्।
आज काठमाडौंमा विश्व ट्रेड यूनियन महासंघले गरेको कार्यक्रममा खनालले पुर्वएमालेको सबै कमिटीहरूको विघटन गरेर नेतृत्वले अपराध गरेको भन्दै आक्रोश पोखे।
उनले माओवादीसँगको एकीकरण लगत्तै तत्काली एमालेका सम्पूर्ण संरचना विघटन गरेकाले संगठन विस्तार हुन नसकेको, आठ लाख बढी कार्यकर्ताहरू २० महीनासम्म चुप लागेर बस्नुपरेको, गतिविधि हुन नसक्दा नेकपाभित्र धमिरा लाग्दै गएको दाबी गरे।
“खुशीको क्षणमा हामीले अर्को अपराध गर्याैं पार्टी विघटन गरेर। के जरुरी थियो विघटन गर्नू? के जरुरी थियो पार्टीका सारा कमिटीहरू विघटन गर्नुपर्ने?”, खनालले भने, “त्यो ‘ब्लन्डर’ हो। तर, त्यो ब्लन्डर भएकाले हामीले २० महीनासम्म चुपचाप बस्नुपर्यो। आठ लाख सदस्यहरू चुपचाप बस्नुपर्ने बाध्यता खडा भयो।”
उनले क्रियाशिल भएको भए क्रियाशिलता रहिरहने र नेकपाभित्र धमिरा लाग्ने अवस्थान नआउने बताए। “पार्टीभित्रै हिलो जम्ने थिएन। धुलो जम्ने थिएन। फोहारमैला जम्ने थिएन। निस्क्रियता धुलोमैलो जम्ने प्रक्रियाको अंग हुन्छ”, खनालले भने।
उनले नेकपाले सरकारलाई ठोस निर्देशन दिन नसकेको तर्क गरे। सरकारले पार्टी सञ्चालन गर्ने काम भएमा उल्टो दिशामा अघि बढिने भन्दै उनले ‘टाउकोले पुच्छर हल्लाउनु’पर्ने टिप्पणी गरे।
“पार्टीले ठोस दिशा दिनुपर्यो। निर्देशन दिनुपर्यो। भिजन दिनुपर्यो। सरकार त्यही ढंगले सञ्चालित हुनुपर्यो”, खनालले भने, “सरकारबाट पार्टी सञ्चालित हुने होइन। पार्टीबाट सरकार संञ्चालित हुनुपर्यो। पुच्छरले टाउको हल्लाउन थाल्यो भने हामी उल्टो दिशातर्फ जान्छौं।”
पूर्वप्रधानमन्त्री समेत रहेका खनालले यथास्थितिबाट माथि उठ्न सरकारलाई सुझाव दिए। नत्र शुसासन कायम हुन नसक्ने र जनताले व्यवस्था परिर्वतनको महसुस गर्न नसक्ने उनको तर्क छ।