प्रहरीको सक्रियतामा ५ हजार ४३२ थान अक्सिजन सिलिन्डर संकलन
काठमाडौं। नेपाल प्रहरीको सक्रियतामा देशभरका विभिन्न स्थानबाट ५ हजार ४३२ थान अक्सिजन सिलिन्डर संकलन गरिएको छ। ती मध्ये १ हजार ४४१ भरी र ३ हजार ९९१ खाली सिलिन्डर रहेका छन्। संकलन गरिएका सिलिन्डरमध्ये ४ हजार ५८९ वटा कोभिड अस्पताल र सम्बन्धित अक्सिजन प्लान्ट उद्योगलाई दिइएको छ। बाँकी रहेका ८४३ सिलिन्डरहरु जिल्ला संकट व्यवस्थापन केन्द्र तथा जिल्लास्थित प्रहरी कार्यालयमा राखिएको छ।
प्रतिक्रिया दिनुहोस्