स्वास्थ्य सुरक्षा मापदण्ड उल्लंघन गर्ने १ हजार २९५ जनालाई जरिवाना काठमाडौं। स्वास्थ्य मन्त्रालयद्वारा तोकिएको स्वास्थ्य सुरक्षा मापदण्ड उल्लंघन गर्ने १ हजार २९५ जनालाई आज प्रहरीले कारबाही गरेको छ। संक्रामक रोग ऐन, २०२० बमोजिम उनीहरुलाई जरिवाना गरिएको प्रहरीले जनाएको छ। नयाँ भेरियन्टसहितको कोभिड–१९ को संक्रमण बढ्दै गएपछि यसको रोकथाम तथा नियन्त्रण गर्न तोकिएको सुरक्षा मापदण्डलाई प्रहरीले दुरुस्त रुपमा कार्यान्वयन गराउँदै आएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्