कोरोना निको हुनेले पुरानो टुथब्रस प्रयोग गर्नुहुन्नः अध्ययन एजेन्सी। कोरोनाबारे अध्ययन गरिरहेका चिकित्सकहरुले संक्रमणमुक्त भइसकेका व्यक्तिले नयाँ टुथब्रस प्रयोग गर्नुपर्ने बताएका छन्। नयाँ ब्रसले संक्रमण दोहोरिनबाट जोगाउनुका साथै परिवारका सदस्यलाई समेत संक्रमणबाट बचाउन मद्दत गर्ने उनीहरुको भनाइ छ।कोरोनामात्र नभइ रुघाखोकी, ज्वरो र फ्लु निको हुने व्यक्तिले समेत पुरानो ब्रस प्रयोग गर्न नहुने उनीहरुको सल्लाह छ। कोरोनाको लक्षण देखिएको २० दिनपछि टुथब्रस अनिवार्य फेर्नुपर्ने पनि उनीहरु बताउँछन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्