निषेधाज्ञाको अवज्ञा गरी चलाइएका १२ सय ५० सवारी होल्डमा
काठमाडौं। ट्राफिक प्रहरीले निषेधाज्ञाको अवज्ञा गरी चलाइएका १ हजार २५० वटा सवारी साधनलाई काठमाण्डौ उपत्यकाको विभिन्न स्थानमा होल्ड गरेको जनाएको छ। होल्ड गरिएकामा ८ सय १४ वटा दुई पाङग्रे, ३२८ वटा चारपाङग्रे र १०८ वटा अन्य सवारी साधन रहेका छन्। नियन्त्रणमा लिइएका सवारी साधनलाई बेलुकी मात्र छाडिएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्