मलेसिया, बेलायत, सिङ्गापुर, बंगलादेशपछि युएईले लगायो नेपालीमाथि अस्थायी प्रतिबन्ध काठमाडौं। युनाइटेड अरब इमिरेट्स (युएई)ले नेपाली यात्रुमाथि अस्थायी प्रतिबन्ध लगाएको छ। नेपालमा कोरोना संक्रमण बढेपछि युएईले नेपाली यात्रुमाथि प्रतिबन्ध लगाएको हो। युएईले बुधबारबाट लागू हुनेगरि नेपाललगायत बंगलादेश, पाकिस्तान र श्रीलंकाका नागरिक माथि प्रतिबन्ध लगाएको युएईका स्थानीय मिडियाले उल्लेख गरेका छन्। यसअघि मलेसिया, बेलायत, सिङ्गापुर र बंगलादेशले आफ्नो देशमा प्रवेश गर्न नेपाली नागरिक माथि अस्थायी प्रतिबन्ध लगाइसकेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्