काठमाडौं। इस्लामिक स्टेट (आईएस) ले नाइजेरियामा ११ जनाको हत्या गरेको छ। आईएसले हत्या गरेको देखिने भिडिओ नै सार्वजनिक गरेको छ।
गत अक्टोबरमा सिरियामा आफ्ना नेता अबु बकर अल-बग्दादी र प्रवक्ता अबुल हसन अल मुहाजिर मारिएको घटनाको बदलामा यो हत्या गरिएको आईएसको भनाई छ।
आईएसको समाचारसंस्था अमाकले जारी गरेको ५६ सेकेन्डको भिडिओमा १ जनाको गोली हानेर र १० जनाको टाउको काटेर हत्या गरेको देखाइएको छ।
भिडिओमा देखाइएकाहरु को हुन् भन्ने खुलाइएको छैन। हत्या गरिएका सबै पुरुष हुन्।
भिडिओ २६ डिसेम्बरमा सार्वजनिक भएको हो। इसाई धर्मावलम्बीहरुको क्रिसमस पर्व चलिरहेका समय पारेर यो भिडिओ सार्वजनिक भएको छ।