आसामको १५औँ मुख्यमन्त्रीका रूपमा हिमन्तविश्व शर्माद्वारा शपथ ग्रहण
गुवाहाटी। भारतीय जनता पार्टी (भाजपा)का नवनिर्वाचित राज्यसभा सदस्य हिमन्तविश्व शर्माले आसामको मुख्यमन्त्रीमा गभर्नर जगदीश मुखीअगाडि शपथ ग्रहण गरेका छन्। सोही दलका १० र अन्य तीन विधायिकाले पनि मन्त्रीका शपथ लिएका छन्। आसामको १२६ विधानसभा सिटमध्ये सत्तारुढ गठबन्धनले भाजपाका ६० सहित ७५ सिट जितेको थियो। आसाममा भाजपा गठबन्धन लगातार दोस्रोपटक चुनाव जित्ने राज्यको पहिलो गैर-कांग्रेस सरकार हो। (रासस/पीटीआई)
प्रतिक्रिया दिनुहोस्