आज आमाको मुख हेर्ने दिन काठमाडौं।वैशाखकृष्ण पक्ष औंसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज आमालाई मीठा मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदैछ।शास्त्रमा उपाध्याय(पण्डित),आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा,भक्ति, सम्मान र आदर गर्ने तथा उनबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा यो पर्वलाई लिइन्छ। आमा नभएकाहरू भने आमालाई तर्पण र पिण्ड तथा पुरोहितलाई दान गरेर दिवंगत आमालाई स्मरण गर्ने गर्छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्