मुख्यमन्त्री बनेपछि ममताले भनिन्– लकडाउन हुने छैन एजेन्सी। पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले सोमबार राज्यमा कोरोना नियन्त्रणका लागि कडा कदम चालिने तर लकडाउन भने नगरिने बताएकी छन्। उनले भनिन्, ‘‘लकडाउनले मानिसको रोजीरोटी प्रभावित हुन्छ।’’ आफ्नो राज्यका सबै नागरिकलाई निःशुल्क भ्याक्सिन लगाइने उनले बताइन्। उनले थपिन्, ‘‘कोरोनाका बिरामीलाई उपचार गर्न अस्पतालको श्यया विस्तार गरी ३० हजार पुर्याइएको छ। सबै मेडिकल कलेजलाई अक्सिजन प्लान्ट राख्ने भनेको छु।’’
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्