ढिस्कोले पुरिएर बालकको ज्यान गयो ताप्लेजुङ। फुङलिङ नगरपालिका–७ बहानन्दे नजिकै माथिबाट अचानक झरेको ढिस्कोमा पुरिएर एक बालकको मृत्यु भएको छ। बहानन्दे दोभान सडकखण्डमा माथिबाट झरेको ढिस्कोमा पुरिएर मेरिङदेन गाउँपालिका–२ सान्थाक्राका अन्दाजी १३ वर्षीय फुर्वा शेर्पाको मृत्यु भएको हो। फुर्वा सोही स्थानमा सडक निर्माणका लागि ढुङ्गा ओसार्ने र गिट्टी कुट्ने काम गर्दै आएका आफ्ना बुबाआमासँगै गएका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्