निषेधाज्ञाको अवज्ञा गरी चलाइएका एक हजार ३५९ सवारीसाधन नियन्त्रणमा काठमाडौं। ट्राफिक प्रहरीले निषेधाज्ञाको अवज्ञा गरी चलाइएका एक हजार ३५९ वटा सवारीसाधनलाई सोमबार काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिइएकामध्ये ६२० वटा दुई पाङग्रे, ८५ वटा चारपाङग्रे, १० वटा ट्याक्सी र ४० वटा अन्य सवारीसाधन रहेका छन्। नियन्त्रणमा लिइएका सवारीसाधनलाई बेलुकी मात्र छाडिएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्