छुट्टाछुट्टै सवारी दुर्घटनामा ४ जनाको मृत्यु काठमाडौं। म्याग्दी, चितवन र तनहुँमा भएका सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ। म्याग्दीको बेनी नगरपालिका–५ पुलाचौरमा ग१त६५८७ नम्बरको ट्याक्टर सोमबार दुर्घटना हुँदा दलबीर परियारको मृत्यु भएको छ। चितवनको भरतपुर महानगरपालिका–२९ जुगेडीमा ना.४ख४४६० नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री धनबहादुर गुरुङको सोमबार मृत्यु भएको छ। तनहुँको आबुखैरेनी गाउँपालिका–४ पावर हाउसस्थित सडकमा ट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्