काठमाडौंमा सडकमानव मुक्त अभियान: ३५० जनाको उद्धार

" /> काठमाडौंमा सडकमानव मुक्त अभियान: ३५० जनाको उद्धार

"> डीआईजीलाई चक्कु ताकेपछि...: Dekhapadhi
डीआईजीलाई चक्कु ताकेपछि...
काठमाडौं। ११ पुस राति ९ बजे महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेल (डिआइजी) सहितको टोली सडक अनुगमनमा थियो। टोलीमा काठमाडौँ महानगरपालिका, मानवसेवा आश्रम, प्रहरी, पत्रकार र विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरू सहभागी थिए। काठमाडौँको कमलादीस्थित गणेशमन्दिर नजिक सडकछेउमा बन्दोबस्तीको ओढ्ने ओछ्याउनेसहित एक दम्पति सुत्ने तरखरमा थिए। चिसोका कारण खोकी लागेकाले श्रीमती औषधि खाँदै त श्रीमान् मदिरामा लठ्ठ भेटिए।

प्रहरी र अभियानकर्मीले उनीहरूलाई फकाउँदै सडकमा नबस्न अनुरोध गरे। महिला आश्रममा जान मानिनन्। उनले मोबाइल उठाउँदै कुनै एक व्यक्तिलाई फोन गरेजस्तो गरेर आफूलाई लैजान लागेको कुरा सुनाइन्। नमाने जसरी पनि लैजाने प्रहरीले अडान कसे। महिलाले भनिन्, “भोलि आफ्नै घर जान्छौँ, आज छाडीदिनुस्।” यसरी उनले अनुरोध गरेको यो तेस्रो पटक थियो।

सहज रूपमा उठ्न नमानेपछि प्रहरी र अभियानकर्मीले उठाउने प्रयास गर्दागर्दै उनले सिरानबाट चक्कु निकालिन्। “म पनि इन्सपेक्टरको छोरी हुँ, ल आइज त मेरो नजिक, सबैलाई सिध्याउँछु, पुलिसलाई नि हान्छु”, उनी चक्कु ताक्दै घुम्न थालिन्। अश्लिल शब्दसमेत प्रयोग गरिन् । एकछिन सबै अक्क न बक्क भए।

गाडीमा बसिसकेका श्रीमान्लाई फिर्ता ल्याई दिने शर्त राखेपछि उनले चक्कु थन्याइन्। अभियानकर्मीले चक्कु खोसेपछि बल्ल उनी आश्रम जान तयार भइन्। घर धादिङको नौबिसे बताउने दम्पति मन्दिरमा मागेर बस्ने गरेको निक्कै लामो समय भइसक्यो।

टेकुस्थित एक घरको सिँढीमा सुतिरहेका एक जमातलाई पनि राती नै उद्धार गरियो। स्थानीयका अनुसार उनीहरू भट्टीमा बसेर मदिरा पिउने अनि हरेक दिन चोकमा झैझगडा गर्दै आएका थिए। यहाँ महिला पुरुष एउटै गुँड बनाएर सुतिरहेका भेटिए।

सडकमा यसरी हतियार देखाएर तर्साउन खोज्ने कुटपिट गर्न खोज्ने, टोली देखेपछि भाग्नेहरू धेरै छन्। काठमाडौँको सडकमा असहाय र बेसहाराहरू न्यून रहेपनि यस्ता व्यक्तिहरू अत्यधिक रहेको मानवसेवा आश्रमका अध्यक्ष रामजी अधिकारी बताउँछन्। अधिकांश पेशेवर मगन्ते, मदिरा खाएर पल्टिने र दिनभर मजदूरी गरेर राति सडकमा बस्नेहरू छन्।

११ पुस राति काठमाडौंका सडकबाट मात्रै ३८ जनाको उद्वार भयो। सबै मदिरा खाएका र पेशेबर मगन्ते मात्रै थिए। कालीमाटीको सडकमा विगतमा बोरो ओछ्याएर लस्करै ४३ जना सुतेको भेटिएका थिए। उक्त अभियानका कारण ९ पुसको रात त्यो सडक खाली थियो। विगतमा यत्रतत्र मानिस सुतिरहेका देखिने सडकक्षेत्र विस्तारै खाली देखिन थालेको अभियानमा सहभागी महानगरीय प्रहरी परिसर काठमडौँका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेलले बताए। रासस

पढ्नुहाेस्

काठमाडौंमा सडकमानव मुक्त अभियान: ३५० जनाको उद्धार

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्