बेलायतमा कोरोना नीति खुकुलो पारिँदै एजेन्सी। बेलायतमा कोरोना संक्रमणको घट्दो अवस्थाका कारण पहिलाका कतिपय कडा नीति खुकुलो बनाइएको छ। त्यहाँ भाइरस विस्तार अब तीव्र गतिमा छैन, यसको प्रसार सामान्य छ। कोरोना रोकथामका लागि गत वर्ष त्यहाँ लकडाउनका साथै अन्य थुप्रै कडा नीति अपनाइएको थियो। प्रधानमन्त्री बोरिस जोनसन आगामी सोमबार मानिसहरु जम्मा हुन पाउने नीति घोषणा गर्ने तयारीमा छन्। चिकित्सकहरु पनि नियम खुकुलो पारिएकोमा सहमत छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्