तुलसीपुरमा आइसोलेसन सञ्चालन दाङ। तुलसीपुर उपमहानगरपालिकाले कोरोनाका सङ्क्रमितलाई लक्षित गरेर २५ शैय्याको आइसोलेसन अस्पताल सञ्चालनमा ल्याएको छ । तुलसीपुर नगरपालिका-८ को अश्वारामा सोमबार रातिदेखि अस्पताल सञ्चालनमा आएको नगरप्रमुख घनश्याम पाण्डेले बताए। अस्पतालमा पाँच जना डक्टरले सेवा दिनेछन्। यो अस्पतालमा २५ शैय्या थप गर्ने तयारीसमेत रहेको नगरप्रमुख पाण्डेले बताए। रासस
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्