कोरोना नियन्त्रणमा लेनोभोले भारतलाई आठ करोड दिने एजेन्सी। पीसी निर्माता कम्पनी लेनोभोले भारतमा कोरोना पीडितलाई राहत प्रदान गर्न आठ करोड भारु दिने घोषणा गरेको छ। यो रकममध्ये पाँच करोड अक्सिजन कन्सन्ट्रेटर, सिलिन्डर,भेन्टिलेटर तथा अक्सिमिटरजस्ता उपकरण खरिदमा खर्च गरिने छ। बाँकी तीन करोड भने अस्पताल विस्तार तथा मेडिकल फ्रन्टलाइनरलाई आवश्यक सामग्रीमा खर्च गरिने छ। भारतमा फैलिएको दोस्रो लहरबाट सुरक्षित रहन चालिएको कदमको लेनोभोले समर्थन गरेको बताएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्