जेरुसलेममा बढ्दो हिंसा, राष्ट्र संघ सुरक्षा परिषद्को आपत्कालीन बैठक एजेन्सी। संयुक्त राष्ट्र संघ सुरक्षा परिषद्ले सोमबार आपत्कालीन बैठक गर्दै जेरुसलेममा बढ्दो हिंसाबारे विचारविमर्श गर्‍यो। बैठकले इजरायललाई संयम अपनाउन र उक्त पवित्रस्थलमा शान्ति कायम गर्न अनुरोध गरेको छ। राष्ट्र संघमा आयरल्यान्डका राजदूत गेराल्डिन बायर्न न्यासनले भने, "सुरक्षा परिषद्ले तत्काल वार्ता गर्नुपर्छ। हामी आशा गर्छौं, यो काम हुनेछ।" परिषद्का १५ सदस्य सबैले इजरायलको हिंसामा चिन्ता व्यक्त गरे।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्