काठमाडौं। अनिलकुमार शाह र रोहन मुस्तफाले अर्धशतकसहित तेस्रो विकेटका लागि ९५ रनको साझेदारी गरेपछि चिवतन राइनोजले पोखरा प्रिमियर लिगको फाइनलमा विराटनगर टाइटन्सलाई २०३ रनको लक्ष्य दिएको छ।
अनिलकुमार र रोहन दुबैले समान ५० रन बनाएपछि टस हारेर ब्याटिङ थालेको चितवनले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर २०२ रन बनायो। प्रतियोगितामा यो दोस्रो ठुलो स्कोर हो। यसअघि चितवनले नै बुटबल ब्लास्टर्सविरुद्ध २०३ रन बनाएको थियो।
पोखरा रंगशालास्थित क्रिकेट मैदानमा चितवनले शुरूको दुई विकेट चाँडै गुमाएको थियो। ओपनर पारस खड्का २५ तथा बाबर हायत ५ रनमा पवेलियन फर्किए। ४.४ ओभरमा बाबर हायत आउट हुँदा चितवन ४५–२ को स्थितिमा थियो।
त्यसपछि अनिलकुमार र रोहनले तेस्रो विकेटका लागि ६३ बलमा ९५ रनको साझेदारी गर्दै टोलीको इनिङ उकासे।
अनिलकुमारले ३४ बलमा तीन चौका र ती छक्का प्राहर गरे भने रोहनले ४३ बलमा तीन चौका र एक छक्का हाने।
त्यसपछि आरिफ शेखले १९ रनमा आउट हुँदा सन्नी पटेल १६ तथा करण केसी २६ रनमा अविजित रहे। करणले आठ बलमा दुई चौका र दुई छक्का हाने । सन्नीले ८ बलमा २ चौका हाने।
विराटनगरका पुनित मेहराले २ विकेट लिए भने किशोर महतो र मुहम्मद जाइद अलामले एक–एक विकेट लिए।