२७ दिनमा चट्याङ लागेर २० जनाको मृत्यु, ७९ घाइते
काठमाडौं। वैशाख १ गते यताको २७ दिनमा चट्याङ लागेर देशभर २० जनाको मृत्यु भएको छ। कूल ९० वटा चट्याङका घटनामा परी ७९ जना घाइते भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकाअनुसार चट्याङ लागेर ४७ चौपायाको मृत्यु भएको छ। चट्याङका घटनाले एक करोड ४५ लाख ३४ हजार ८३० रुपैयाँ बराबरको आर्थिक क्षति गरेको प्राधिरकणले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्