तुलसीपुरमा आइसोलेसन सञ्चालन
दाङ। तुलसीपुर उपमहानगरपालिकाले कोरोनाका सङ्क्रमितलाई लक्षित गरेर २५ शैय्याको आइसोलेसन अस्पताल सञ्चालनमा ल्याएको छ । तुलसीपुर नगरपालिका-८ को अश्वारामा सोमबार रातिदेखि अस्पताल सञ्चालनमा आएको नगरप्रमुख घनश्याम पाण्डेले बताए। अस्पतालमा पाँच जना डक्टरले सेवा दिनेछन्। यो अस्पतालमा २५ शैय्या थप गर्ने तयारीसमेत रहेको नगरप्रमुख पाण्डेले बताए। रासस
प्रतिक्रिया दिनुहोस्