काठमाडौंका होटल र पार्टी प्यालेसमा बिहे, ब्रतबन्ध तथा सामाजिक कार्यमा रोक
काठमाडौं। काठमाडौं उपत्यकाका पार्टी प्यालेस तथा होटलहरूमा हुने बिहे, ब्रतबन्ध तथा सामाजिक कार्यमा रोक लगाइएको छ। उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले कोरोना महामारी नियन्त्रणका लागि बिहे, ब्रतबन्ध तथा सामाजिक कार्यमा रोक लगाएको हो। थोरै व्यक्ति जम्मा भएर घरमै मात्र बिहे गर्न पाइनेछ। त्यस्तै खाद्यान्नलगायतका अत्यावश्यक पसल १० बजेसम्म खोल्न पाइनेछ। यसअघि बिहान ९ बजेसम्म खुल्थे।
प्रतिक्रिया दिनुहोस्