रुसको एक विद्यालयमा चल्यो गोली, सातजनाको मृत्यु
एजेन्सी। रुसको टाटार्स्टान क्षेत्रस्थित कजान शहरको विद्यालयमा गोली चल्दा सातजना मृत्यु भएको छ भने १६ जना घाइते भएका छन्। मृतकमध्ये आठ कक्षाका चारजना छात्र र तीनजना छात्रा रहेका छन् भने १२ बालबालिका र चार वयस्कलाई अस्पताल लगिएको छ। गोलीकाण्डमा कम्तीमा एकजना १९ वर्षीय आरोपी समातिएका छन्। रुसमा यस्तो घटना विरलै हुन्छ, तर केही वर्षयता भने यस्ता घटनामा वृद्धि भएको पाइन्छ।
प्रतिक्रिया दिनुहोस्