काठमाडाैं। उखुको वक्यौता रकम नपाएको भन्दै सर्लाहीका किसान आजबाट काठमाडौको माइतीघर मण्डलामा धर्ना बसेका छन्। सर्लाही जिल्लास्थित अन्नपूर्ण र महालक्ष्मी सुगर मिलले किसानलाई वक्यौता रकम भुक्तानी दिन आलटाल गरेका कारण उनीहरु धर्नामा बस्न बाध्य भएका हुन्।
यसअघि ६ जेठमा सर्लाही जिल्लाका प्रमुख जिल्ला अधिकारी द्रोणप्रसाद पोखरेल, राष्ट्रिय जनता पार्टी (राजपा) का सहमहामन्त्री राकेश मिश्र, ‘उखु किसान संघर्ष समिति’ अध्यक्ष रामेश्वारथ राय र सचिव हरिश्याम रायको समस्या समाधान समितिले २०७६ भदौ मसान्तभित्रमा किसानको वक्यौता रकम भुक्तानी दिने निर्णय गरेको थियो ।
संघर्ष समितिका पदाधिकारीले पुस मसान्तसम्म पनि वक्यौता रकम भुक्तानीको व्यवस्था नगरेमा सर्लाहीका दुवै चिनी मिल बन्द गर्ने चेतावनी दिएका छन्। सर्लाही जिल्लामा झन्डै ३० हजार बिघा क्षेत्रफलमा उखु खेती गरिन्छ। उखु खेतीमा करीब २० हजार किसान आबद्ध रहेको ‘उखु किसान संघर्ष समिति’ अध्यक्ष रायले जानकारी दिए। सर्लाही जिल्लाका २० हजार किसानको अन्नपूर्णसँग ५० करोड र महालक्ष्मीसँग २१ करोड गरी कूल ७१ करोड रूपैयाँ वक्यौता रहेको समितिका सचिव हरिश्याम रायले बताए।
सरकारले सालाखाला उखुको मूल्य प्रतिकेजी पाँच रूपैयाँ ३६ पैसा तोकेको भए पनि उखु मिलले किसानलाई चार रूपैयाँ ३५ पैसा मात्र भुक्तानी दिँदै आएका छन्। किसानको अन्नपूर्णसँग २०७० र महालक्ष्मीसँग २०७५ सालदेखिको रकम वक्यौता रहेको बताइन्छ। रासस
" /> काठमाडाैं। उखुको वक्यौता रकम नपाएको भन्दै सर्लाहीका किसान आजबाट काठमाडौको माइतीघर मण्डलामा धर्ना बसेका छन्। सर्लाही जिल्लास्थित अन्नपूर्ण र महालक्ष्मी सुगर मिलले किसानलाई वक्यौता रकम भुक्तानी दिन आलटाल गरेका कारण उनीहरु धर्नामा बस्न बाध्य भएका हुन्।यसअघि ६ जेठमा सर्लाही जिल्लाका प्रमुख जिल्ला अधिकारी द्रोणप्रसाद पोखरेल, राष्ट्रिय जनता पार्टी (राजपा) का सहमहामन्त्री राकेश मिश्र, ‘उखु किसान संघर्ष समिति’ अध्यक्ष रामेश्वारथ राय र सचिव हरिश्याम रायको समस्या समाधान समितिले २०७६ भदौ मसान्तभित्रमा किसानको वक्यौता रकम भुक्तानी दिने निर्णय गरेको थियो ।

">