रुसको एक स्कुलमा गोलीबारी, ११ जनाको मृत्यु
एजेन्सी। रुसको कजान सहरको एक स्कुलमा भएको गोलीबारीमा बालबालिका र शिक्षकको मृत्यु भएको छ। घटनामा कम्तीमा पनि ११ जना मारिएको जनाइएको छ। जसमा धेरैजसो बालबालिका रहेका छन्। रुसी अधिकारीहरुका अनुसार दुई जना व्यक्तिले स्कुलमा प्रवेश गरी अन्धाधुन्ध गोली चलाएका थिए। दुई बन्धुकधारीमध्ये एक जना १९ वर्षीय युवकलाई प्रहरीले हिरासतमा लिएको छ। अर्को बन्दुकधारी भने घटनास्थलमा मारिएको जनाइएको छ।
प्रतिक्रिया दिनुहोस्