सुदूरपश्चिमः भ्रमण वर्षकाे समाराेहबारे मन्त्री र सभासद् बेखबर
कैलाली। १ जनवरी अर्थात् १६ पुसमा नेपाल भ्रमण वर्ष २०२० शुभारम्भ गरिँदैछ। यसलाई उत्सवका रूपमा मनाउने तयारी गरिएकाे छ। तर, सुदूरपश्चिम प्रदेशका मन्त्री तथा सभासद्लाई  भने अहिलेसम्म कुनै पनि आधिकारिक जानकारी गराइएकाे छैन।

प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले विषयगत मन्त्रालयको काम भएकाले जानकारी नगराएको हुन सक्ने बताए। तर, सबैको चासोको विषय पनि भएकाले कार्यक्रमबारे जानकारी दिनुपर्ने भए पनि किन जानकारी गराइएन भन्नेबारे आफू अनभिज्ञ रहेकाे बताए।

त्यस्तै नेकपाका सचेतक तारा लामा तामाङले समेत भ्रमण वर्षको बारेमा अहिलेसम्म आफूसँग कुनै छलफल नभएको बताए। उनले सम्बन्धित मन्त्रालयले प्रदेशका सबै सभासद् र मन्त्रीहरूसँग समन्वय गर्नुपर्ने भए पनि अहिलेसम्म कार्यक्रमबारे जानकारी नभएको बताए।

प्रदेश सरकारले पर्यटन वर्षलाई झारो टार्ने काम मात्रै गर्न लागेको प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलका नेता डा. रणबहादुर रावलकाे अाराेप छ। उनले बृहत् रूपमा छलफल गरेर कार्यक्रम गर्नुपर्नेमा आफ्ना केही मान्छेहरू अघि सारेर कार्यक्रम गर्न लागेको प्रति आपत्ति जनाए।

नेपाल उद्योग वाणिज्य माहासंघ सुदूरपश्चिम प्रदेश अध्यक्ष शंकर बोगटीले भ्रमण वर्षका लागि प्रदेश सरकारले निजी क्षेत्रसँग समन्वय नगरेको बताए। सुदूरपश्चिमलाई देश तथा विदेशमा चिनाउन निजी क्षेत्रको प्रमुख भूमिका रहेको भए पनि प्रदेश सरकारले वास्ता नगरेको उनकाे भनाइ छ।

प्रदेशको प्रदेशस्तरीय पर्यटन प्रवर्द्धन समितिको बैठकले गरेको निर्णयअनुसार नेपाल भ्रमण वर्ष शुरू हुने १ जनवरीलाई उत्सवका रूपमा मनाउने तयारी भएको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय पर्यटन शाखा प्रमुख भोजराज पाठकले बताए।

संघीय प्रहरी एकाइ कार्यालय धनगढीको खेल मैदानमा नेपाल भ्रमण वर्ष २०२० को मुख्य समारोह गर्ने गरी तयारी भइरहेको उनकाे भनाइ छ। उनका अनुसार  मुख्य समारोह अघि प्रदेशका ९ वटै जिल्लाका लोकसंस्कृति झल्किने झाँकी र सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिनेछ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्