निषेधाज्ञा उल्लंघन गर्ने ११ हजार ५३३ जनालाई होल्डमा राखियो काठमाडौं। विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गरी हिँड्ने ११ हजार ५ सय ३३ जनालाई होल्डमा राखेर छाडिएको छ। अनुमतिविना चलेका १ हजार १७६ वटा गाडी र २ हजार ९७० वटा मोटरसाइकल गरी ४ हजार १४६ वटा सवारी साधनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्