प्रहरीद्वारा १ हजार ६७६ जनालाई निःशुल्क मास्क वितरण काठमाडौं। नेपाल प्रहरीले पछिल्लो २४ घण्टामा १ हजार ६७६ जनालाई निःशुल्क मास्क वितरण गरेको छ। नयाँ भेरियन्टसहितको कोभिड-१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित 'तपाईंको मास्क खोई?' कार्यक्रम अन्तर्गत मास्क वितरण गरिएको हो। प्रहरीले 'संक्रमणबाट आफू बचौं र अरुलाई पनि बचाऔं' भन्ने नारासहित विभिन्न सचेतनामूलक कार्यक्रमलाई अभियानकै रुपमा सञ्चालन गरिरहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्