स्वास्थ्य सुरक्षा मापदण्ड उल्लंघन गर्ने ४५२ जनालाई जरिवाना काठमाडौं। स्वास्थ्य मन्त्रालयद्वारा तोकिएको स्वास्थ्य सुरक्षा मापदण्ड उल्लंघन गर्ने ४५२ जनालाई आज नियन्त्रणमा लिइ जरिवाना गरिएको छ। संक्रामक रोग ऐन, २०२० बमोजिम उनीहरूलाई जरिवाना गरिएको प्रहरीले जनाएको छ। प्रहरीले विभिन्न स्थानहरूमा कोभिड–१९ को जोखिम न्यूनीकरणको लागि सचेतनामूलक कार्यक्रम चलाउँदै आएको छ। सवारी साधनहरूको जाँच, सचेतनामूलक प्लेकार्ड प्रदर्शनलगायतका कार्यक्रममार्फत भीडभाड नगर्न,अनावश्यक रुपमा घर बाहिर हिँड्डुल नगर्न प्रहरीले अनुरोध गर्दै अएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्