होर्डिङ बोर्ड हटाउने निर्णय रोक्न माग
काठमाडौं। साइनेज एशाेसिएसन नेपालले बोर्ड तथा होडिङ बोर्ड हटाउने निर्णय तत्काल रोक्न सरकारसँग माग गरेको छ। यसले ७५ हजार बढी युवा बेरोजगार हुने साइनेजको भनाइ छ। साइनेजले सम्बन्धित व्यवसायीहरूसँग छलफल गरी समाधानको उपाय खोज्न पनि माग गरेको छ।

बोर्डहरू हटाउनै परे यसमा गरिएको लगानी सुरक्षाको वातावरण सरकारले बनाउनुपर्ने माग गरिएको साइनेजका कोषाध्यक्ष अनन्त गौतमले बताए। सम्पूर्ण सरोकारवाला व्यक्ति राखी होर्डिङ बोर्ड तथा विज्ञापन बोर्डको नीति ल्याउनुपर्ने, स्थानीय उत्पादन र कम मूल्यमा विज्ञापन गर्न पाउने उद्यमीहरूको नैसर्गिक अधिकार सुरक्षित गर्नुपर्ने माग सरकारसँग गरिएको उनको भनाइ छ।

विज्ञापन संघका अध्यक्ष रविन्द्र रिजालले जथाभाबी निर्णय गरेर नागरिकको दैनिकी नखोस्न सरकारलाई आग्रह गरे।

गृह मन्त्रालयले १० पुसमा शहरलाई कुरुप बनाउने गरी राखिएका होर्डिङ बोर्ड, पर्चा, पम्पलेट, पोस्टर, तारलगायतका सामग्री हटाउने निर्णय गरेको थियो।

काठमाडौं महानगरपालिकाभित्र चार समूह बनाएर होर्डिङ बोर्ड, पर्चा, पम्पलेट, पोस्टर, भित्तेलेखन हटाउन शुरू गर्ने र अन्य स्थानीय तहको हकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत् निर्देशन दिई कारबाही अघि बढाउने निर्णय गृह मन्त्रालयले गरेसँगै व्यवसायी आन्दोलित भएका हुन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्