देशका अधिकांश क्षेत्रको मौसम आंशिकदेखि पूर्ण बदली हुने सम्भावना
काठमाडौं।देशका अधिकांश क्षेत्रमा आज मौसम आंशिकदेखि पूर्ण बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।पश्चिमी न्यून चापीय प्रणाली, दक्षिण–पूर्व भू–भाग नजिक रहेको पूर्व–पश्चिम फैलिएको न्यून चापीय रेखा तथा बंगालको खाडीबाट प्रवाह हुने जलवाष्प युक्त हावाका कारण मौसम बदली हुने महाशाखाले जनाएको छ।प्रदेश १, प्रदेश २लगायत अन्य पहाडी भू–भागहरुमा सामान्यदेखि पूर्ण बदली र बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने छ।
प्रतिक्रिया दिनुहोस्