काठमाडाैं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले विचारमा एकरूपता भए मात्रै एकीकृत पार्टीले लिएको उद्देश्य प्राप्त हुने बताए।
प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित प्रेस संगठन नेपालको राष्ट्रिय भेला तथा शपथ ग्रहण समारोहमा अध्यक्ष दाहालले एकीकृत भएर अगाडि बढ्न प्रेस संगठन नेपाललाई निर्देशन दिएका हुन्। “इतिहास र वर्तमानमा क्रान्तिका लागि जनमत निर्माण गर्ने काम सचेत व्यक्तिबाट नै भएको छ, नेतृत्वले सही समयमा सही निर्णय गर्दा ठूला-ठूला परिवर्तन भएका छन्,” उनले भने।
परिवर्तनलाई उल्ट्याउन प्रयास भइरहेको उल्लेख गर्दै अध्यक्ष दाहालले त्यो कुनै हालतमा सफल हुन नसक्ने बताए। “अहिलेको अन्तर्राष्ट्रिय र राष्ट्रिय परिवेशमा जनमत निर्माण मुख्य विषय भएको छ। त्यसमा पनि इन्टरनेट र डिजिटलाइज्डले मुख्यरूपमा काम गरेको छ। त्यसको लागि जनताका पक्षधर सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण हुन्छ,” दाहालले भने।
उनले मिडिया बुर्जुवाको हातमा रहेको भन्दै यसप्रति सजक हुनुपर्नेमा जोड दिए। अध्यक्ष दाहालले राष्ट्रिय एकता र समृद्धिको लागि जनमत तयार गर्ने काम गर्न पनि सञ्चारकर्मीलाई आग्रह पनि गरे।
अध्यक्ष दाहालले तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकताका क्रममा गरिएको प्रतिवद्धताअनुसार नै नेकपा र सरकारले काम गरिरहेको स्पष्ट पारे। केही प्रतिक्रान्तिकारी शक्तिले अझै पनि परिवर्तनलाई उल्ट्याउने प्रयास गरिरहेको उल्लेख गर्दै उनले त्यो कुनै हालतमा सफल हुन नसक्ने उल्लेख गरे।
" /> काठमाडाैं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले विचारमा एकरूपता भए मात्रै एकीकृत पार्टीले लिएको उद्देश्य प्राप्त हुने बताए।प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित प्रेस संगठन नेपालको राष्ट्रिय भेला तथा शपथ ग्रहण समारोहमा अध्यक्ष दाहालले एकीकृत भएर अगाडि बढ्न प्रेस संगठन नेपाललाई निर्देशन दिएका हुन्। “इतिहास र वर्तमानमा क्रान्तिका लागि जनमत निर्माण गर्ने काम सचेत व्यक्तिबाट नै भएको छ, नेतृत्वले सही समयमा सही निर्णय गर्दा ठूला-ठूला परिवर्तन भएका छन्,” उनले भने।

">