अमेरिकी पाइपलाइनमा साइबर हमला गर्ने ‘डार्कसाइड!’ एजेन्सी। अमेरिकाको ठूलो पाइपलाइनमा साइबर हमलाको जिम्मेवारी एक साइबर अपराधीहरुको गिरोहले लिएको छ। आफ्नो वेबसाइटमा गिरोहले आफ्नो नाम डार्कसाइड रहेको उल्लेख गरेको छ। डार्कसाइडले लेखेको छ– ‘हाम्रो उद्देश्य केवल पैसा कमाउनु हो, आममानिसलाई दुःख दिनु होइन।’ सप्ताहन्तमा पाइपलाइनमा भएको साइबर हमलापछि सरकारले देशमा आपत्काल घोषणा गरेको थियो। र, इन्धन सडकमार्गबाट आपूर्ति गर्ने बताएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्