१४ अर्ब मिल टाढाबाट ब्रह्मान्डको आवाज
एजेन्सी। नासाले ४४ वर्षअघि लन्च गरेको भोयजर–१ स्पेसक्राफ्ट धर्तीबाट सबैभन्दा टाढा जाने अब्जेक्ट हो। यसले हालै एक नयाँ डाटा पठाएको छ। त्यसको आधारमा एक ‘हुम्म्’आवाज डिटेक्ट गरियो, जुन पृथ्वीबाट १४ अर्ब मिल टाढा ताराहरुको बीचमा पाइने ग्यासबाट उत्पन्न भएको हो। भोयजरमा राखिएको उपकरणले उक्त आवाज रेकर्ड गरेको हो। वैज्ञानिकहरुले उक्त आवाज एकै लयमा रहेको बताएका छन्।
प्रतिक्रिया दिनुहोस्