इजरायलद्वारा लोड सहरमा संकटकाल घोषणा
एजेन्सी। प्यालेस्टिनी विद्रोहीसँग शुक्रबारदेखि भड्किएको हिंसाका कारण इजरायलले लोड सहरमा संकटकाल लगाएको छ। लोडमा विद्रोहीले कारमा आगो लगाइदिएका छन् भने झडपमा १२ जना घाइते भएका छन्। सहरका मेयरले अवस्था गृहयुद्धको जस्तो बनेको बताएका छन्। हमास विद्रोहीले तेल अविवमा कम्तीमा पनि १३० वटा मिसाइल प्रहार गरेका छन्। गाजामा एउटा १३ तले भवन इजरायलले ध्वस्त पारिदिएपछि विद्रोहीले मिसाइल हमला गरेका हुन्।
प्रतिक्रिया दिनुहोस्