कञ्चनपुर। गत मंसीर दोस्रो साता कञ्चनपुरको भीमदत्तनगरपालिका–१८, एअरपोर्ट रोडमा दिउँसै दोधारा चाँदनीका २२ वर्षीय दीपक पन्तको चक्कु प्रहारबाट हत्या भयो।
मोटरसाइकलमा यात्रा गरिरहेका पन्तलाई गोबरियाका २२ वर्षीय मनिष नाथ नेतृत्वको टोलीले चक्कु प्रहार गरी हत्या गरेको थियो। हत्यामा संलग्न चारजना स्थानीय युवा यतिबेला पुर्पक्षका लागि कञ्चनपुर जिल्ला कारागारमा छन्।
घटनाको चार साता लामो अनुसन्धानपछि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोलीले हत्यामा संलग्न ती युवाले ‘खैरो हेरोइन’ नामक लागुऔषध सेवन गरेको बताएको छ। प्रहरी स्रोतका अनुसार दीपक सवार मोटरसाइकलले ओभरटेक गरेको निहुँमा चक्कु प्रहार गरे पनि ती युवा केही समयदेखि गोबरिया क्षेत्रमा लागुपदार्थ सेवन गरेर लुटपाट, चोरी र कुटपिट लगायतका अपराधिक घटनामा संलग्न हुँदै आएका थिए।
पछिल्लो समय अपराधका विभिन्न घटना यहाँ हुँदै आएको छ। अधिकांश घटना लागुऔषध वा अत्यधिक नशालु पदार्थ सेवनबाट घटेको प्रहरीको अनुसन्धानबाट देखिएको छ। “हामीकहाँ आउने कुटपिटदेखि कर्तव्य ज्यान मुद्दासम्मका अभियुक्त लागुपदार्थ सेवन गरेको पाइएको छ”, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दले भने, “जिल्लामा आउने अपराधिक घटनामध्ये ९५ प्रतिशतमा लागुऔषध वा नशालु पदार्थ सेवन नै प्रमुख कारणका रूपमा देखिएको छ।”
जिल्ला प्रहरी, वडा प्रहरी र सामुदायिक प्रहरीलगायत विभिन्न दातृ निकायले लागुपदार्थ दुर्व्यसनबारे जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको भए पनि भारतसँग खुला सिमानाका कारण यहाँ लागुपदार्थ न्यूनीकरण गर्ने कार्य चुनौतीका रूपमा देखिएको छ।
वडा प्रहरी कार्यालय भीमदत्तनगरका प्रमुख प्रहरी निरीक्षक मोहनजंग बुढ्थापाले हरेक अभिभावकले आफ्ना छोराछोरीका विषयमा गम्भीर हुनुपर्ने बताए। “सानैबाट छोरा छोरीमाथि निगरानी बढाउन आवश्यक छ”, उनले भने, “यहाँ भइरहेका हरेक अपराधिक क्रियाकलापमा युवापुस्ता बढी संलग्न देखिन्छन्।”
सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका पूर्वडिन प्रा. डा. टेकराज पन्तले सरकारले नीति नै बनाएर मादक पदार्थ बिक्री वितरणदेखि प्रयोगसम्म कडाइ गर्नुपर्ने बताए। “चियापसलदेखि किराना पसलसम्म रक्सी खुलेआम बिक्रीवितरण हुँदा तीनै तहका सरकार मौन रहँदा विकृत्ति बढ्यो”, उनले भने, “विशेष ठाउँमा विशेष समयमा मात्रै उपभोग गर्न पाउने गरी नियन्त्रणको प्रयास गर्नुपर्छ।”
नशारहित समाज नभएसम्म अपराध नियन्त्रण गर्ने कार्य कल्पना मात्रै हुने उल्लेख गर्दै उनले विद्यालय, अभिभावक हुँदै राज्य पनि गम्भीर हुने समय आएको बताए। “युवापिढीमा सद्भावनाको विकासका लागि सबै पक्ष सजक र सचेत हुनुपर्छ”, उनले भने, “अहिले नैतिक शिक्षासमेत हराएको अवस्था छ।”
त्यसैगरी लागुऔषध तथा दुर्व्यसन रोकथाम अभियान नेपालका सुदूरपश्चिम संयोजक मदन चन्दले दुर्व्यसनमा परेकाको तथ्याङ्क सङ्कलन गर्नुका साथै दुर्व्यसनको लतमा रहेकालाई उपचारका लागि सुधारगृहमा राख्नुपर्नेमा जोड दिए। “विद्यालय/क्याम्पसमा पनि नशा नियन्त्रणका लागि युरिन किटको पनि व्यवस्था हुनुपर्छ”, उनले भने, “जसका कारण विद्यालयस्तरबाट दुव्र्यसन न्यूनीकरण हुन्छ।”
–शेरबहादुर सिंह/रासस
" /> कञ्चनपुर। गत मंसीर दोस्रो साता कञ्चनपुरको भीमदत्तनगरपालिका–१८, एअरपोर्ट रोडमा दिउँसै दोधारा चाँदनीका २२ वर्षीय दीपक पन्तको चक्कु प्रहारबाट हत्या भयो।मोटरसाइकलमा यात्रा गरिरहेका पन्तलाई गोबरियाका २२ वर्षीय मनिष नाथ नेतृत्वको टोलीले चक्कु प्रहार गरी हत्या गरेको थियो। हत्यामा संलग्न चारजना स्थानीय युवा यतिबेला पुर्पक्षका लागि कञ्चनपुर जिल्ला कारागारमा छन्।

">