निषेधाज्ञाको अवज्ञा गरी चलाइएका ४९६ वटा सवारीसाधन होल्डमा काठमाडौं। ट्राफिक प्रहरीले निषेधाज्ञाको अवज्ञा गरी चलाइएका ४९६ वटा सवारीसाधनलाई आज बिहान काठमाडौं उपत्यकाको विभिन्न स्थानमा होल्ड गरेको छ। होल्ड गरिएकामध्ये ३८५ वटा दुई पाङग्रे, ट्याक्सी २४ र अन्य ४ पाङग्रे तथा ठुला सवारीसाधन ८७ वटा रहेका छन्। निषेधाज्ञाका कारण काठमाडौं उपत्यकामा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, एम्बुलेन्स र जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएका अत्यावश्यक सेवाका सवारीसाधन मात्र सञ्चालन भइरहेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्