यौन आरोप झेलिरहेका पत्रकार तेजपालबारे अदालतको निर्णय आगामी साता
बीबीसी। गोवास्थित एक अदालतले पत्रकार तरुण तेजपालबारे आगामी साता निर्णय सुनाउने भएको छ। तहलका पत्रिकाका पूर्वप्रधानसम्पादक तेजपालमाथि २०१३ मा गोवाको एक होटेलमा लिफ्टभित्र आफ्नी महिला सहयोगीलाई यौन हमला गरेको आरोप छ। घटनामा सुनुवाइ पूरा भइसकेकाले निर्णय २७ अप्रिलमा हुने तय गरिएको थियो। तर कोरोनाका कारण निर्णय सरेको अदालतले बताएको छ।
प्रतिक्रिया दिनुहोस्