यौनजन्य हिंसालाई तत्काल सम्बोधन गर्न प्रहरी हरदम तत्पर
काठमाडौं। कोभिड–१९ ले निम्त्याएको विषम परिस्थितिमा महिला, बालबालिका, जेष्ठ नागरिक वा जोखिमपूर्ण अवस्थाका जो कोहीविरुद्ध हुनसक्ने घरेलु, यौनजन्य वा अन्य लैंगिक हिंसालाई तत्काल सम्बोधन गर्न आफ्नो संगठन तत्पर रहेको नेपाल प्रहरीले जनाएको छ। हिंसालाई तत्काल सम्बोधन गर्न गुनासो सुन्ने व्यवस्थासमेत गरिएको छ। लैंगिक हिंसासम्बन्धी गुनासोको लागि टोलफ्री१०० र बालबालिकासम्बन्धी१०४ नम्बरमा सम्पर्क गर्न सकिने प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्